यज्ञमणि न्यौपानेले पाए रास्वपाको सहमहामन्त्री जिम्मेवारी

1.4k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनबाट नेता यज्ञमणि न्यौपाने सहमहामन्त्रीमा घोषणा भएका छन्।

चितवनमा जारी महाधिवेशनमा शीर्ष पदाधिकारी चयनका लागि सहमतिको प्रयास जारी रहँदा न्यौपानेलाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको हो। उनी रास्वपाका नेता तथा मोरङ–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन्।

महाधिवेशनमा अधिकांश शीर्ष पद सहमतिमार्फत टुंग्याउने प्रयास भइरहेको र पार्टी नेतृत्वले आन्तरिक एकतामा जोड दिएको छ।

रास्वपाको पहिलो महाधिवेशन चितवनको भरतपुरमा जारी छ, जहाँ नयाँ नेतृत्व चयनसँगै संगठनात्मक संरचना निर्माणको प्रक्रिया अगाडि बढिरहेको छ।

 
 
सम्बन्धित समाचार