रवि लामिछानेविरुद्ध उम्मेदवारीबारे उठ्यो प्रश्न, झाको प्रतिक्रिया
1.4k
Shares
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई फेरि एकपटक निर्विरोध सभापति बनाउने रणनीति लिएको चर्चा भइरहेको छ। पार्टीभित्र लामिछानेलाई दोस्रो कार्यकाल निर्विरोध दिने पक्षमा माहोल बनाइँदै गर्दा, अन्य उम्मेदवारलाई नउठाउन दबाब वा “उर्दी” आएको आरोपसमेत लागेको छ।
महाधिवेशन प्रतिनिधिबाट नाम हटाइएको गुनासो पनि बाहिर आएको छ, जसले आन्तरिक लोकतन्त्रबारे प्रश्न उठाएको छ।
यसै विषयमा पत्रकारहरूले प्रवक्ता मनिष झा लाई प्रश्न गर्दा उनले विधानअनुसार दुई कार्यकालको सम्मानसहित रवि लामिछानेलाई निर्विरोध राख्नुपर्ने आफ्नो व्यक्तिगत धारणा रहेको बताए।
उनले भने, “संघर्ष, जोखिम र योगदानलाई सम्मान गर्दै उहाँलाई निर्विरोध राख्नुपर्छ भन्ने मेरो आशय हो। तर प्रतिस्पर्धामा आउनु कसैको अधिकार हो।”
सभापति रवि लामिछाने को निर्विरोध नेतृत्वबारे उठेको बहसले रास्वपाभित्रको आन्तरिक लोकतन्त्र र प्रतिस्पर्धाको अभ्यासमाथि ध्यानाकर्षण गराएको छ।