विष्णु पौडेल बयानपछि विशेष अदालतमा पेस गरिँदै

1.3k Shares

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा बयान सकिएपछि आजै विशेष अदालतमा पेस गरिने भएको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी उजुरीपछि उनलाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई सुर्खेतबाट नेपालगञ्ज हुँदै आज काठमाडौं ल्याई विभागको कार्यालयमा बयान लिइएको हो।

विभाग स्रोतका अनुसार बयान प्रक्रिया पूरा भएपछि उनलाई विशेष अदालतमा पेस गर्ने तयारी गरिएको छ। पौडेललाई यसअघि नै बयानका लागि बोलाइए पनि उनी पार्टीका काम देखाउँदै उपस्थित नभएको बताइएको छ, जसका कारण हिजो उनलाई सुर्खेतबाट नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।

अधिकारीहरूले अबको कानुनी प्रक्रिया विशेष अदालतको निर्देशनअनुसार अघि बढाइने बताएका छन्।

 
 
सम्बन्धित समाचार