विशेष कारणले प्रतिनिधिसभा बैठक स्थगित, बिहीबार बिहान ११ बजे बस्ने

1.3k Shares

काठमाडौँ । प्रतिनिधिसभाको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको छ । बुधबार अपराह्न १५ मिनेटका लागि स्थगित गरिएको बैठक निर्धारित समयमा बस्न नसकेपछि अर्को दिनका लागि सारिएको हो ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार प्रतिनिधिसभा नियमावली, २०८० को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठक असार २५ गते बिहीबार बिहान ११ बजे बस्ने गरी समय निर्धारण गर्नुभएको छ ।

यसअघि बुधबारको बैठक केही समयका लागि स्थगित गरिएको थियो। तर विशेष कारणले निर्धारित समयमा सञ्चालन गर्न नसकिएपछि बैठक भोलिपल्ट बिहान ११ बजेसम्मका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार