पूर्वराजा ज्ञानेन्द्रलाई भेट्न नपाएको भन्दै युवकको आत्मदाह प्रयास

1.9k Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि एक युवाले आत्मदाहको प्रयास गरेका छन्।

रामेछापको दोरम्बा गाउँपालिका–१ का २७ वर्षीय विशाल तामाङले शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेपछि त्यहाँ खटिएको प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो। प्रहरीले उनको साथबाट पेट्रोलसमेत बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार तामाङले जोरपाटीस्थित लामा पेट्रोल पम्पबाट पेट्रोल खरिद गरेका थिए। प्रारम्भिक सोधपुछका क्रममा उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न पटकपटक प्रयास गरे पनि समय नपाएको बताएका छन्।

प्रहरीले सम्झाइबुझाइ गरेपछि उनलाई छाडिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार