काठमाडौं । काठमाडौं उपत्यकामा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले पछिल्लो २४ घण्टामा १६९ जनालाई नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले नियमित सुरक्षा निगरानी तथा अपराध नियन्त्रण अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान भइरहेको छ। उनीहरूको गतिविधि, संलग्नता तथा सम्भावित आपराधिक पृष्ठभूमिबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
उपत्यकामा चोरी, लुटपाट, गुण्डागर्दी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले नियमित रूपमा सर्च अपरेसन सञ्चालन गर्दै आएको छ। सार्वजनिक सुरक्षालाई प्रभावकारी बनाउन यस्ता अभियानलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।