अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका बाबुरामको अवस्था सुधारोन्मुख

1.3k Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। मङ्गलबार साँझ अचानक तीव्र चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उहाँलाई उपचारका लागि टोखास्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।

डा. भट्टराईका स्वकीय सचिव रेखी गुरुङका अनुसार उहाँ चिकित्सकहरूको निगरानीमा उपचाररत हुनुहुन्छ र स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको छ।

उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको भित्री कान (इनर इयर) मा समस्या देखिएको सचिवालयले जनाएको छ। आवश्यक स्वास्थ्य परीक्षणका अन्य सबै रिपोर्ट भने सामान्य रहेको जनाइएको छ।

चिकित्सकहरूले उहाँको स्वास्थ्य अवस्थालाई निरन्तर निगरानीमा राखेर उपचार गरिरहेका छन् भने हाल अवस्था स्थिर र सुधारोन्मुख रहेको सचिवालयले जनाएको छ।

सम्बन्धित समाचार