दलहरूबीच सहकार्य भए मात्रै संकट समाधान हुन्छ : प्रचण्ड

1.3k Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक दलहरूबीच संवाद, सहमति र सहकार्यकै माध्यमबाट मुलुकले विगतमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन्।

उनले नेपालमा भएका प्रमुख राजनीतिक परिवर्तनहरू शान्ति प्रक्रिया, विस्तृत शान्ति सम्झौता, संविधानसभाको निर्वाचन र संविधान निर्माण सबै राजनीतिक दलहरूबीचको सहमति र सहकार्यबाट सम्भव भएको उल्लेख गरे।

प्रचण्डले वर्तमान राजनीतिक चुनौतीहरूको समाधान पनि संवाद र सहकार्यबाटै सम्भव हुने भन्दै दलहरूबीच आपसी विश्वास, सहमति र जिम्मेवार राजनीतिक संस्कृतिको विकास आवश्यक रहेको बताए। उनले राष्ट्रिय हित र जनताको आकांक्षालाई केन्द्रमा राखेर राजनीतिक शक्तिहरू अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

उनका अनुसार मुलुकमा देखिएका जटिल समस्या समाधान गर्न आरोप–प्रत्यारोपभन्दा पनि साझा समझदारी र सहकार्यलाई प्राथमिकता दिनुपर्छ। लोकतन्त्रलाई थप सुदृढ बनाउन सबै राजनीतिक दलहरूबीच रचनात्मक संवाद अपरिहार्य रहेको उनको भनाइ थियो।

 
 
 
सम्बन्धित समाचार