बागमती प्रदेश सरकारमा नजाने राप्रपाको निर्णय, सत्ता समीकरणबाट टाढिने घोषणा

1.4k Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले बागमती प्रदेश सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ।

बिहीबार अबेर राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकार गठनका लागि भइरहेको सत्ता समीकरण र गणितीय चलखेलमा सहभागी नहुने सर्वसम्मत निर्णय गरेको हो।

बैठकले राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट भएको निर्णय तथा निर्देशनलाई आधार मानेर बागमती प्रदेश सरकारमा सहभागी नहुने प्रस्ताव पारित गरेको जनाएको छ।

संसदीय दलले तत्कालीन राजनीतिक समीकरणका आधारमा सरकार गठनको दौडमा नलाग्ने स्पष्ट गर्दै पार्टीको केन्द्रीय निर्णयअनुसार आगामी राजनीतिक गतिविधि अघि बढाइने जनाएको छ।

राप्रपाको यो निर्णयसँगै बागमती प्रदेशको सरकार गठन प्रक्रिया र सत्ता समीकरणमा नयाँ राजनीतिक प्रभाव पर्ने आकलन गरिएको छ।

image-39-1536x990.png

 
 
सम्बन्धित समाचार