सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका चार जना शहीद घोषित

1.4k Shares

काठमाडौं। सरकारले सुनसरी र सिरहाका छुट्टाछुट्टै घटनामा ज्यान गुमाएका चार जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुनसरीमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता तथा सिरहामा ज्यान गुमाएका गणेश यादवलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।

सरकारले घटनामा ज्यान गुमाएका चारै जनाको योगदान तथा परिवारप्रति सम्मान व्यक्त गर्दै उनीहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णयसँगै सुनसरी र सिरहाका घटनामा मृत्यु भएका व्यक्तिलाई शहीदको औपचारिक मान्यता प्राप्त भएको छ। सरकारले घटनासँग सम्बन्धित अन्य विषयमा समेत आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।

सम्बन्धित समाचार