कांग्रेस इतर समूहको राष्ट्रिय भेला मिराकल पार्टी भेन्युमा हुने

1.3k Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुकेधारास्थित मिराकल पार्टी भेन्युमा हुने भएको छ ।

कांग्रेसको इतर समूहले साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्न लागेको हो ।

भेला आयोजक समितिमा रहेर काम गरिरहेका एक नेताका अनुसार पर्याप्त ठाउँ भएको अर्को स्थान उपलब्ध नभएपछि सुकेधारास्थित मिराकल पार्टी भेन्युमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

‘अन्त ठाउँ नै मिलेन । ठूलो ठाउँ चाहियो । त्यसैले मिराकलमै कार्यक्रम हुने भयो,’ ती नेताले भने ।

तीन दिनसम्म चल्ने भेलामा कांग्रेसको संस्थापन इतर समूहका नेता तथा कार्यकर्ताको सहभागिता रहनेछ । भेलामा पार्टीको संगठन, समसामयिक राजनीतिक विषय तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

सम्बन्धित समाचार