काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने भएपछि उनको स्वागतका लागि कार्यकर्ता भेला हुने तीन स्थान तोकिएको छ।
देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट अगाडिको खाली स्थान, नमस्ते गेट अगाडिको खाली स्थान र तिलगंगा आँखा अस्पताल अगाडिको खाली स्थान तोकिएको हो। कांग्रेसका नेता तथा कार्यकर्तालाई ती स्थानमा भेला हुन आग्रह गरिएको छ।
साढे पाँच महिनाको विदेश बसाइ र उपचारपछि देउवा बिहीबार स्वदेश फर्किँदै छन्। गत फागुन १३ गते सिंगापुर गएका देउवा जेन–जी प्रदर्शनका क्रममा बूढानीलकण्ठस्थित आफ्नै निवासमा भएको आक्रमणमा गम्भीर घाइते भएपछि उपचारका लागि विदेश गएका थिए।
देउवा थाई एयरवेजको उडानमार्फत बिहीबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ। उनको स्वागतमा ठूलो संख्यामा नेता तथा कार्यकर्ता सहभागी गराउने तयारी गरिएको छ।
कांग्रेसको संस्थापनइतर पक्षले देउवाको स्वागतलाई शक्ति प्रदर्शनका रूपमा उपयोग गर्ने तयारी गरेको छ। देउवाको स्वदेश फिर्तीसँगै कांग्रेसभित्रको पछिल्लो राजनीतिक समीकरण र पार्टीको आगामी दिशाबारे उनको धारणा महत्वपूर्ण हुने देखिएको छ।