ग्यास अभावबीच निगमले तोक्यो ७ बिक्री केन्द्र, ११ देखि ५ बजेसम्म बिक्री

1.3k Shares

काठमाडौं । बजारमा एलपी ग्यासको अभाव भइरहेका बेला नेपाल आयल निगमले आज पनि काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ग्यास बिक्री–वितरण गर्दैछ। निगमले आपूर्ति सहज बनाउन शनिबारदेखि आफैँ विभिन्न स्थानबाट ग्यास बिक्री सुरु गरेको हो।

निगमका अनुसार आज टेकुस्थित निगम परिसर, बूढानीलकण्ठको चपलीस्थित पशु सेवा शाखा, कीर्तिपुरस्थित राधास्वामी, नयाँ बजारस्थित जुडो हल, तारकेश्वर नगरपालिकाको कार्यालय परिसर, चन्द्रागिरि नगरपालिकाको कार्यालय र ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्र परिसरबाट ग्यास बिक्री हुनेछ।

ग्यास बिक्री बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म हुने निगमले जनाएको छ। ग्यास खरिद गर्न जाने उपभोक्ताले नागरिकता वा परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरिएको छ।

बजारमा ग्यासको नियमित आपूर्ति प्रभावित भएपछि निगमले उपभोक्तालाई प्रत्यक्ष रूपमा ग्यास उपलब्ध गराउने व्यवस्था गरेको हो।

सम्बन्धित समाचार