1.2k
Shares
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ कार्यसमितिको अध्यक्षमा भरतजंग पाण्डेय निर्वाचित भएका छन्। निर्वाचनबाट पाण्डेय अध्यक्षमा निर्वाचित भएका हुन्। उनको समूहबाट अधिकांश पदाधिकारीसमेत निर्वाचित भएका छन्।
नाट्टाको ५९औँ वार्षिक साधारणसभासँगै भएको २५औँ कार्यसमिति निर्वाचनमा पाण्डेयको समूह विजयी भएको हो।
अध्यक्ष पदका लागि पाण्डेयसँगै जिस्वान तुलाधर श्रेष्ठ र युविका राजभण्डारीले प्रतिस्पर्धा गरेका थिए। नाट्टाको अध्यक्ष पदमा पहिलोपटक दुई महिलाले उम्मेदवारी दिएका थिए।