कोशीमा ११ सदस्यीय मन्त्रिमण्डल, मन्त्रीहरूको कार्यविभाजन टुंगियो

1.1k Shares

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डलको कार्यविभाजन टुंग्याएका छन्। नयाँ संरचनामा मुख्यमन्त्रीसहित ९ मन्त्री र २ राज्यमन्त्री रहेका छन्।

कार्यविभाजनअनुसार:

  • हिक्मतकुमार कार्की — मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
  • खिनु लङ्वा (लिम्बू) — पर्यटन, वन तथा वातावरण
  • जीवन आचार्य — भौतिक पूर्वाधार विकास
  • तिलचन पाठक — खानेपानी, सिँचाइ तथा ऊर्जा
  • इन्द्रमणि पराजुली — स्वास्थ्य
  • गोम्बु शेर्पा — आन्तरिक मामिला तथा कानून
  • विदुरकुमार लिङ्थेप — आर्थिक मामिला तथा योजना
  • रामप्रसाद महतो — उद्योग, कृषि तथा सहकारी

नयाँ मन्त्रीहरूले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन्। सत्ता साझेदार दलहरूको सहभागितासँगै प्रदेश सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिएको जनाइएको छ।

सम्बन्धित समाचार