वन कार्यालयले सुरु गर्‍यो जोखिमयुक्त रुखको सर्वेक्षण

1.2k Shares

चितवन । डिभिजन वन कार्यालय चितवनले सडक, बस्ती तथा सार्वजनिक क्षेत्रमा रहेका जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन सुरु गरेको छ। वर्षायाममा हावाहुरी, वर्षा तथा प्राकृतिक कारणले रुख ढल्ने र जनधनको क्षति हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै तथ्याङ्क सङ्कलन गरिएको कार्यालयले जनाएको छ।

जोखिमयुक्त अवस्थामा रहेका, सुक्दै गएका, ढल्न सक्ने तथा विद्युत् लाइन, सडक र बस्तीलाई असर पार्न सक्ने रुखको पहिचान गरी विवरण तयार पारिने जनाइएको छ। सङ्कलित तथ्याङ्कका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक व्यवस्थापन तथा जोखिम न्यूनीकरणका काम अघि बढाइने कार्यालयको तयारी छ।

वन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला पक्षसँग सहकार्य गर्दै जोखिमयुक्त रुखको अवस्थाबारे जानकारी सङ्कलन गरिरहेको जनाएको छ। सम्भावित दुर्घटना हुनुअघि नै जोखिम पहिचान गरी आवश्यक कदम चाल्ने उद्देश्यले यो कार्य सुरु गरिएको हो।

सम्बन्धित समाचार