नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज शुक्रबार बस्दैछ। समिति सचिव दिनेश थापामगरका अनुसार बैठक बिहान ११ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बस्नेछ।
बैठकमा के–कस्ता विषयमा छलफल हुने भन्नेबारे औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। यद्यपि, कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक विवाद र पार्टीको १५औँ महाधिवेशनको तयारीका कारण अनुशासन समितिको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका तय भइसकेको छ।