रास्वपाले विस्तार गर्‍यो सचिवालय, १० जना थपिए

1.1k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको सचिवालय विस्तार गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गर्ने निर्णय गरेको हो।

विस्तारित सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली र पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई समेटिएको छ।

त्यस्तै, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झा पनि सचिवालय सदस्य बनेका छन्।

पार्टीको सांगठनिक तथा राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउन सचिवालय विस्तार गरिएको रास्वपाले जनाएको छ। केन्द्रीय समितिले जिम्मेवारी बाँडफाँटसँगै पार्टीका आगामी गतिविधि र संगठन विस्तारलाई थप व्यवस्थित गर्ने तयारी गरेको छ।

सम्बन्धित समाचार