लायन्स क्लबद्धारा खाद्यान्न र न्यानो कपडा हस्तान्तरण

3.3k Shares

सर्लाहीको लालबन्दी नगरपालिका १० मा रहेका फरक क्षमता भएका र सुकुम्बासीहरूलाई लाइन्स क्लब लालबन्दी सिटीले खाद्यान्न तथा न्यानो कपडा सहयोग गरेको छ ।

आइतबार लायन्स क्लब इन्टरनेस्नल ३२५ ए २ बाट आएको न्यानो कपडा र चामल,पिठो,खाने तेल,दाल,सोयविन,चियापत्ती,चिनी र मसला लालबन्दी १० का  हर्क बहादुर बि.क,मन माया बि.क र नर बहादुर स्याङ्गतानलाई हस्तान्तरण गरिएको  लाइन्स क्लब लालबन्दी सिटीका अध्यक्ष राज कुमार न्यौपानेले जानकारी दिनु भयो ।

तीनै जनालाई प्रत्ति व्यक्ति २५ केजि चामल , ३ केजी पिठो , १ लिटर खाने तेल,२ केजी दाल,१ केजी सोयबिन,१ पाकेट चियापत्ती ,१ केजी चिनी र मर मसला सहित न्यानो कपडा ब्याल्यन्केन्ट हस्तान्तरण गरिएको   लाइन्स क्लब लालबन्दी सिटीले जनाएको छ । लाइन्स क्लब लालबन्दी सिटीले हरेक वर्ष समयानुकुल विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

सम्बन्धित समाचार