भोटेकोशीमा बहाव बढे पनि तत्काल ठूलो बाढीको जोखिम छैन

1.1k Shares

काठमाडौँ । उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि सतर्कता अपनाइए पनि हाललाई ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवा र नुवाकोटबाट प्राप्त पछिल्लो विवरणअनुसार नुवाकोट क्षेत्रमा नदीको जलसतह केही बढे पनि बाढीको अवस्था सामान्य रहेको छ।

महाशाखाले बिहान ५ः४५ बजे अद्यावधिक सूचना जारी गर्दै रसुवा, नुवाकोट र धादिङसम्मका नदी तटीय क्षेत्रमा हाललाई ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको हो।

यसअघि बिहान भोटेकोशी नदीमा ठूलो आवाजसहित बाढी आएको सूचना पाएपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको थियो। पछिल्लो विवरणअनुसार अवस्था सामान्यतर्फ फर्किए पनि जल तथा मौसम विज्ञान विभाग र सुरक्षा निकायले नदीको जलसतह तथा आसपासको अवस्थाको निरन्तर अनुगमन गरिरहेका छन्।

महाशाखाले नदी आसपासका बासिन्दालाई अनावश्यक रूपमा नदी किनारमा नजान र जलसतहमा हुने परिवर्तनबारे सतर्क रहन आग्रह गरेको छ।

सम्बन्धित समाचार