बाढीपीडितका लागि कांग्रेस काभ्रेले गर्‍यो १७ लाख ६२ हजार रुपैयाँ सहयोग

1.5k Shares

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितका लागि १७ लाख ६२ हजार ९५७ रुपैयाँ आर्थिक सहयोग गरेको छ। 

गत भदौ १० गते आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि राहत तथा उद्धारका लागि कांग्रेस काभ्रेले पार्टीका सदस्य तथा शुभेच्छुकबाट रकम संकलन गरेको थियो। संकलित रकम कांग्रेसको केन्द्रीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको हो।

कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले पार्टीका सहमहामन्त्री उदयशमशेर राणा र प्रवक्ता देवराज चालिसेलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

कांग्रेसले मानवीय सेवाका लागि आफ्नो केन्द्रीय विपद् व्यवस्थापन कोषमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पठाउने जनाएको छ। नेपाली कांग्रेसले यसअघि बाढीपीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो।

सम्बन्धित समाचार