1.1k
Shares
उच्च अदालत पाटनको हेटौँडा इजलासले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा तत्काल अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। अदालतले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गर्दै लिखित जवाफ मागेको छ।
अन्तरिम आदेश दिने वा नदिने विषयमा भने अदालतले दुवै पक्षलाई छलफलका लागि भदौ १० गते बोलाएको छ। रिटमा मुख्यमन्त्रीको नियुक्ति संविधानसम्मत नभएको दाबी गरिएको छ।
राप्रपा बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङ र अधिवक्ता मोहनप्रसाद ढकालले मुख्यमन्त्री नियुक्तिविरुद्ध छुट्टाछुट्टै रिट दायर गरेका थिए।