देउवा समूहले तोक्यो महाधिवेशनको मिति

1.5k Shares

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले छुट्टै महाधिवेशन गर्ने तयारी अघि बढाएको छ। समूहले आगामी मंसिर २१ गतेदेखि महाधिवेशन गर्ने गरी तयारी थालेको हो।

देउवा समूहले त्यसअघि संगठनात्मक तयारी तीव्र बनाउने निर्णय गरेको छ। भदौ २५ गतेभित्र सबै जिल्लामा अधिवेशन तयारी समिति गठन गरिसक्ने योजना बनाइएको छ।

देउवा समूहले पार्टीभित्रको पछिल्लो विवाद र समानान्तर गतिविधिका बीच आफ्नै महाधिवेशनको तयारी अघि बढाएको हो। यसअघि पनि समूहले छुट्टै महाधिवेशन गर्ने संकेत गर्दै त्यसका लागि आवश्यक कार्यतालिका तयार गर्ने बताउँदै आएको थियो।

समूहका नेताहरूका अनुसार महाधिवेशनअघि वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र हुँदै जिल्ला तहका अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाइनेछ।

कांग्रेसभित्र संस्थापन पक्ष र देउवा समूहबीच महाधिवेशनको वैधानिकता तथा नेतृत्व चयनको विषयमा विवाद रहँदै आएको छ। देउवा पक्षले आफूहरूबाट हुने महाधिवेशनलाई पार्टीको आधिकारिक महाधिवेशनका रूपमा अघि बढाउने दाबी गर्दै आएको छ।

यससँगै नेपाली कांग्रेसभित्र दुई पक्षबाट छुट्टाछुट्टै महाधिवेशन हुने सम्भावना थप बलियो बनेको छ। दुवै पक्षले महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरी निर्वाचन आयोगमा दलसम्बन्धी विवरण अद्यावधिक गराउन खोजेमा त्यसले पार्टीको आधिकारिकताबारे नयाँ विवाद निम्त्याउन सक्ने देखिन्छ।

 
 
 
सम्बन्धित समाचार