प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बस्दै

1.6k Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । बैठक बिहीबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठकका लागि समय तोकिएको छ । बैठकमा समसामयिक विषय तथा सरकारका विभिन्न प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ।

विशेषगरी रसुवास्थित भोटेकोशी क्षेत्रमा आएको बाढी र त्यसबाट भएको जनधनको क्षति, उद्धार तथा राहतलगायत विपद् व्यवस्थापनका विषय बैठकमा छलफलको मुख्य विषय बन्न सक्ने जनाइएको छ।

यद्यपि, बैठकको औपचारिक कार्यसूची र कुन–कुन विषयमा निर्णय हुने भन्नेबारे सरकारले विस्तृत जानकारी सार्वजनिक गरिसकेको छैन। बैठकपछि मन्त्रिपरिषद्का निर्णय सार्वजनिक हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार