रसुवा बाढीमा १ हजार ३४४ जनाको शव फेला, ४ हजार ८९८ अझै बेपत्ता

1.3k Shares

काठमाडौँ । यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी बेपत्ता भएका १ हजार ३४४ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले शनिबार बिहानसम्म बाढीमा परेका १ हजार ३४४ जनाको शव फेला परेको जनाएको हो। प्रहरीका अनुसार अझै ४ हजार ८९८ जना बेपत्ता छन्।

बाढीपछि हालसम्म ८ हजार ६३१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये १ हजार ३० जनाको व्यवस्थापन भइसकेको छ।

प्रहरीले उद्धार तथा खोजी कार्य जारी रहेको जनाएको छ।

सम्बन्धित समाचार