1.6k
Shares
काठमाडौँ । नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ।
सशस्त्र प्रहरी प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार विदुर नगरपालिका–१०, बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट उनकी श्रीमती चण्डिकालाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो।
इन्स्पेक्टर सुमन विकको कमान्डमा रहेको टोलीले उद्धार गरेकी चण्डिकालाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी गरिएको छ।
यसअघि नेपाली सेनाले अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक जना चिनियाँ नागरिकको उद्धार गरेको थियो। त्यस्तै, त्रिशूली–३ ए को सुरुङबाट पनि दुई जनाको उद्धार गरिएको थियो।