बझाङ: बागथलाबाट देउरातर्फ जाँदै गरेको अटो दुर्घटना, ६ जना घाइते

1.2k Shares

बझाङ । बझाङमा शनिबार दिउँसो अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बागथला बजारबाट देउरातर्फ जाँदै गरेको सुपप्र. ०१–००१ ह ६०१२ नम्बरको अटो दिउँसो करिब २ः३० बजे बागथला बजारको तल्लो बजार नजिक दुर्घटनामा परेको हो ।

दुर्घटनामा अटो सडकबाट करिब २०० मिटर तल कालङ्गा खोलामा खसेको थियो ।

दुर्घटनामा बैतडीको सिगास गाउँपालिका–६ लेकमका १८ वर्षीय अटो चालक योगेन्द्र साउँद, २२ वर्षीय लक्ष्मण साउँद, १६ वर्षीया अस्मिता साउँद, बझाङको थलारा गाउँपालिका–६ का १५ वर्षीय लोकेश साउँद, केदारस्युँ गाउँपालिका–१ जुपालीखेतका १८ वर्षीय योगेश भण्डारी र सिगास गाउँपालिका–६ की १६ वर्षीया गंगा साउँद घाइते भएका छन् ।

घाइतेमध्ये अस्मिता साउँदको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । अन्य घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको रायल प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार