दुई दलीय कार्यदलले बनायो साझा न्यूनतम कार्यक्रम, प्रदेश संरचना निर्माणको विषय थप

1.2k Shares

विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी दुई राजनीतिक दलले साझा न्यूनतम कार्यक्रम तयार गरेका छन्। सरकार सञ्चालनलाई प्रभावकारी बनाउने उद्देश्यले गठित दुई दलीय कार्यदलले साझा न्यूनतम कार्यक्रम तयार पारेको हो।

कार्यदलले प्रदेश सरकारका प्राथमिकता, विकास निर्माण तथा जनसरोकारका विषयलाई समेटेर कार्यक्रम तयार गरेको जनाएको छ। यसमा प्रदेशको संस्थागत विकाससँगै प्रदेश संरचना निर्माण गर्ने विषयलाई समेत थप गरिएको छ।

कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रूप दिएर सम्बन्धित नेतृत्वसमक्ष पेस गर्ने तयारी गरेको छ। कार्यक्रममा प्रदेश सरकारको कामकारबाहीलाई व्यवस्थित बनाउने, विकास निर्माणलाई गति दिने तथा जनताका अपेक्षा सम्बोधन गर्ने विषयलाई प्राथमिकतामा राखिएको बताइएको छ।

दुई दलबीच भएको सहमतिअनुसार सरकारका साझा प्राथमिकता र नीतिगत विषयलाई समेटेर कार्यक्रम तयार गरिएको हो। अब उक्त कार्यक्रमका आधारमा प्रदेश सरकारको आगामी कार्यदिशा तय गरिने जनाइएको छ।

 
 
 
सम्बन्धित समाचार