सांसद बोल्दाबोल्दै गृहमन्त्री अगाडिबाट हिँडेपछि ऐन महरले जनाए आपत्ति

1.1k Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सांसदहरू सदनमा बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेको भन्दै आपत्ति जनाएका छन्।

महरले संसद् बैठकमा सांसदहरूले आफ्ना धारणा राखिरहेका बेला मन्त्रीहरूबाट देखाइएको यस्तो व्यवहारले सदनको गरिमामाथि प्रश्न उठ्ने बताए।

उनले संसद् सदस्यले बोल्ने समय र प्रक्रियाको सम्मान गर्नुपर्ने भन्दै सत्तापक्षका मन्त्री तथा सांसदहरूलाई सदनको मर्यादा कायम राख्न आग्रह गरे।

महरले संसद् लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण थलो भएकाले यहाँ हुने हरेक गतिविधि जिम्मेवार र मर्यादित हुनुपर्नेमा जोड दिए।

सम्बन्धित समाचार