मोटरसाईकल चोरी गरी लैजाँदै गर्दा एकजनालाई ईलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका ७ मा पार्किङ गरी राखेको प्रदेश २–०३–००७ प ८५३६ नं. को २२० सिसिको पल्सर मोटरसाइकल चोरी गरी लाँदै गर्दा बाराको कोहल्वि नगरपालिका ६ बस्ने अन्दाजी वर्ष २१ का धिरज चौधरीलाई आईतबार साँझ करिब ७ बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो ।
ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटीएको प्रहरीको गस्ती टोलिले मोटरसाईकल चोरी गरी लैजादैँ गर्दा चौधरी सहित मोटरसाईकल नियन्त्रणमा लिएको हो । पछिल्लो समय मोटरसाईकल चोरीका घटना बढेपछि सुरक्षा थप मजबुत बनाएको प्रहरीले मोटरसाईकल चोरी गरी लैजादैँ गर्दा मोटरसाईकल चोर सहित पक्राउ गरेको हो ।