2.6k
Shares
बारा र रौतहटको सिमाना स्थित पुर्व पश्चीम लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बारा र रौतहटको सिमाना स्थित पुर्व –पश्चिम लोकमार्गमा
जंगलमा आईतबार साँझ करिब ६ बजे मोटरसाईकल आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा सर्लाहीको हरिवन नगरपालिका ७ का अन्दाजी वर्ष ३७ का किरण लामा घिसिङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आईतबार राती करिब ६ बजे तिब्रगतिमा रहेको मधेश प्रदेश ०४ ००१ प ३५५७ नम्बरको मोटरसाईकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा लामाको ज्यान गएको हो ।
मोटरसाईकल कहाँबाट कहाँ जाँदैथियो भन्ने विषयमा अनुुसन्धान जारी रहेको र लामाको शव अहिले चन्द्रनिगाहपुरको चन्द्रपुर अस्पतालमा रहेको रौतहट प्रहरीले जनाएको छ ।