मिटरव्याजी पीडितहरु आफ्ना पीडा सुनाउन पैदल यात्रा मै काठमाण्डौँ सम्म

1.6k Shares

शंखर पहाडी(गौरब) 
मधेश प्रदेशका मिटरब्याज पीडित किसान तथा मजदुरहरु सरकारलाई धचधच्याउन काठमाण्डौँको पैदल यात्रामा निस्केका छन् ।  स्थानीय स्तरमा पटक पटक आन्दोलन गर्दा न्यान नपाएपछि मधेश प्रदेशका मिटरब्याज पीडित किसान तथा मजदुरहरु सरकारलाई धचधच्याउन काठमाण्डौँको लागि पैदल यात्रामा निस्केका हुन । 
 मिटरब्याज विरुद्धको संघर्ष समिति नेपालको नेतृत्वमा सरकारलाई धचधच्याउन मधेश प्रदेशका मिटरव्याज पीडितहरु काठमाण्डौँको लागि पैदल यात्रामा निस्केका छन् । पीडक साहु महाजन विरुद्ध चरणबद्ध रुपमा आन्दोलन सुरु गरेका मिटर व्याजपीडितहरु सरकारलाई आफ्ना गुनासा र समस्या सुनाउन भन्दै काठमाण्डौँ सम्मको पैदल यात्रामा निस्केको महोतरीका मिटरव्याज पीडित संघर्ष दाहालले जानकारी दिए ।
उनका अनुसार  मिटरव्याजी साहु महाजनले मधेश प्रदेशका आर्थिक अवस्था कमजोर रहेका धेरै मानिसहरुलाई दुःख दिएका र त्यसबाट मुक्ती पाउनका लागि अभियान सुरु गरिएको हो । सर्लाहीबाट संघर्ष समिति गठन गरेर करिब ४ वर्ष पहिलादेखि सुरुभएको मिटरव्याज पीडितहरुको आन्दोलन अहिले मधेश प्रदेशका साथै देशभरका धेरै स्थानमा सुरुभई सकेको छ । 
भने स्थानीय स्तरबाट गरिएका आन्दोलनहरुबाट कुनै समस्याको सामाधान नभएको भन्दै आफुहरु पैदलै हिडेर भएपनि काठमाण्डौँ केन्द्रीत हुने र काठमाण्डौँ मै आन्दोलन गर्ने सिरहाका मिटरव्याजी पीडित मनोज पासवनाले बताए । स्थानीय स्तरबाट आन्दोलन गर्दा आफ्ना माग नसुनेका कारण पैदलै गएर सरकारलाई आफ्ना समस्या सुनाउन काठमाण्डौँको लागि पैदल यात्रामा निस्केको मिटरव्याज पीडित पासवानले बताए ।
मधेश प्रदेशको सप्तरीदेखि पर्सा सम्मका मिटरव्याज पीडितहरु एक भएर पीडक साहु महाजन विरुद्ध चरणबद्ध रुपमा आन्दोलन जारी राखेका र अहिले पैदलै हिडेर काठमाण्डौँ पुगी सरकारलाई आफ्ना समस्या सुनाउने भन्दै सिरहाकी मिटरव्याजी पीडित ममता देवी रायले बताए । आफुले लिएको ऋण चुक्तागरी सक्दापनि विभिन्न किसिमका धाकमध्की लाउने,त्रासमा बस्नु पर्ने बाध्यता रहेका कारण मर्ने परेपनि समस्याका विरुद्ध संघर्ष गर्दै गर्दा मरियोस ।भनेर सडकमा निस्केको मिटर व्याजीपीडित रायले बताए ।
तत्कालीन सरकारले मिटर व्याजी पीडिकहरु विरुद्ध लाग्ने आश्वासन दिएका भएपनि कुनै ऐन,कानून बनाउने तर्फ नलागेका कारण आफुहरु घरको न घाटको भएको भन्दै मिटर व्याजी पीडितहरुको गुनासो आएपछि आफुले उनीहरुको आन्दोलनमा साथ दिएको हरिवन नगरपालिकाका नगर प्रमुख एवम मिटरव्याजी पीडितहरुको आन्दोलनका सहयात्री रमेश बुढाथोकीले जानकारी दिए । उनका अनुसार यस अघि काठमाण्डौँमा समेत आन्दोलन भएका र सकारले मिटर व्याजी पीडितहरुको समस्या समाधानका लागि  पहल गर्ने आश्वासन दिएको भएपनि अहिले सम्म सरकारले कुनै प्रकारका ठोस नीति नल्याएका कारण मिटव्याजी पीडितहरु थप मारमा परेका छन् ।
साहु महाजनले लिएको ऋण भन्दा दोब्बर तेब्बर बढीको कागज गराउने,घरजग्गा तमसुक गराउने र लिएको ऋणको साँवा व्याज तिरि सक्दा पनि ऋण लिएको समयमा गरिएको कागजात नच्यात्ने र चेक तथा घरजग्गाको तमसुक समेत फिर्ता नगरेका कारण आफुहरु थप पीडामा परेको मिटर व्याजीपीडित राम पुकार महतोले गुनासो गरे ।
तत्कालीन सरकारले मिटर व्याजीहरु विरुद्ध ठगी मुद्धा चलाउने भनेपछि केही मानिस पक्राउ परेका भएपनि अझैँ धेरै मिटरव्याजी साहु महाजन खुलेआम रुपमा घुमिरहेका तर सरोकारवाला निकाय मौन बस्दा आफुहरु सडकमा पुग्नु परेको  मिटरव्याजी पीडत किसान मजदुर संघर्ष समिति सर्लाहीकी अध्यक्ष रुक्मीणि चौधरीले बताईन् ।
सयौँ मिटरव्याजी पीडकहरुका कारण मधेश प्रदेशका आर्थिक अवस्था कमजोर रहेका हजरौँ मानिसहरु निकै मारमा परेका छन् । सोझा सादा नागरिकलाई अनावश्यक कागज गराई साहु महाजनले उनीहरुको घर खेत नै खाई सकेका,केही पीडितहरु लिएको ऋण तिरि सक्दा पनि जेल जीवन जिउन बाध्य र केही मिटरव्याजी पीडितहरु अहिले घरको घाटको भएका मिटर व्याजीपीडित संघर्ष समितिले जनाएको  छ ।

सम्बन्धित समाचार