मधेश प्रदेशका राजमार्गमा ट्राफिक प्रहरीको असुली आतंक

2k Shares

शंखर पहाडी(गौरब)
मधेश प्रदेशका जिल्लाहरुमा पछिल्लो समय  ट्राफिक प्रहरीको असुली आतंक बढेको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थान कार्यालय पथ्लैया मधेश प्रदेश मातहत रहेका पर्सा,बारा,रौतहट,सर्लाही,महोतरी,धनुषा,सिरहा र सप्तरीका पुर्व पश्चीम राजमार्गमा रहेका अधिकांश ट्राफिक  प्रहरी युनिटहरुमा खटिने असई,हबल्दार,सिपाहीहरुले असुली आतंक मच्याएका हुन ।
पुर्व पश्चीम राजमार्ग छेउमा रहेका ट्राफिक प्रहरी युनिटहरुले माछा,कुखुरा,गोरु,भैसीँ,राँगा,भुस,पराल लगायतका भारतिय नम्बर प्लेटका सवारी साधनहरुबाट चर्काे कमिसन असुल्ने गरेका पाइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय महोतरीको अस्थायी ट्राफिक प्रहरी पोष्ट माईस्थानका प्रमुख असई रामभोली प्रसाद साह र हबल्दार देवशरण यादवले रातीको समयमा माछा,कुखुरा,गोरु,भैसीँ,राँगा,भुस,पराल लगायतका भारतिय नम्बर प्लेटका सवारी साधनहरुबाट चर्काे कमिसन असुल्ने गरेका पाइएको हो ।
सवारी साधनको चेकजाँचका लागि तयार भएको एउटा संगठन ट्राफिक प्रहरी सवारी साधनका चालक भन्दा  १ मिटर परै बसेर सवारीसाधनको कागजात र सवारी चालक अनुमती पत्र चेकजाँच गर्न नमिल्ने हो ?
के मधेश प्रदेशबाट सञ्चालीत लामो दुरीका यात्रुबाहक सवारी साधनहरुको भाडा दररेट नरहेको ट्राफिक प्रहरीलाई जानकारी छैन् । लामो दुरीका यात्रु बाहक सवारी साधनहरुमा चालक दुई जना छन्की छैनन् । भन्नेमा ट्राफिक प्रहरीको ध्यान पुगेको छ ?

सम्बन्धित समाचार