दुर्गा कुमारी अधिकारी
सर्लाहीको बागमती नगरपालिका १२ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुदा ११ जना घाइते भएका छन् । बागमती नगरपालिका १२ स्थित पुतलीचाेक जिरायत सडक खण्डमा विद्यार्थी बाेकेर जिरायत तर्फ जाँदै गरेकाे अटाे रिक्सालाई जिरायत तर्फबाट पुतली चाेक तर्फ आउदै गरेकाे ट्रकले ठक्कर दिँदा ११ जना विद्यार्थीहरु घाइते भएका ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।
बागमती नगरपालिका ११ स्थित रहेकाे पशुपति सामुदायिक विद्यालयका विद्यार्थीहरु परीक्षा सकेर मधेश प्रदेश ०३-००१ ह ११२८ नम्बरको अटाे रिक्सामा घर फर्किदै गर्दा ना ५ ख ७७०५ नम्बरकाे जिरायतबाट पुतली चाेक तर्फ आउदै गरेकाे ट्रकले ठक्कर दिँदा ११ जना विद्यार्थीहरु घाईते भएका बागमती नगरपालिका १२ का वडा अध्यक्ष ओक बहादुर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बागमती नगरपालिका १२ का किरान्त कुशबाह,प्रतिक बि.क,प्रकृति बि.क,एलिसा वि.क,साेनिका परियार,पुनिशा मगर,सुजन वाईवा,संजिव थिङ्ग,आदर्श लाेप्चन,एलिसा गाेले र घलान घाईते भएका हुन ।
उनिहरुकाे अहिले बागमती नगरपालिका ११ स्थित रहेकाे सभ्यता हेल्थ क्लिनिकमा उपचार भई रहेकाे र दुर्घटनामा संग्लग्न सवारीसाधन ईलाका प्रहरी कार्यालय कर्मैयाकाे नियन्त्रणमा रहेका छन् । भने किरान्त र प्रतिककाे अवस्था मध्यम रहेकाे र अरुकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएको छ ।