सागरनाथ वन विकास परियोजना भित्र काठ तस्करी व्यापक,परियोजना मौन

2k Shares

गणेश खड्का
सर्लाहीको सागरनाथ वन विकास परियोजना भित्रको बाँके जंगलमा व्यापक काठ तस्करी भएको पाइएको छ । सागरनाथ वन विकास परियोजना अन्र्तगत रहेको बाँके जंगलबाट  व्यापक मात्रामा सालका रुखहरु काटी काठ तस्करी भएको पाइएको हो ।


सागरनाथ वन विकास परियोजनाका एक सय ४६ जना कर्माचारीहरुले विगत करिब आठ महिनादेखिअ तलब खान नपाएको गुनासो गरि रहँदा परियोजना भित्रको काठ तस्कर िहुँदा समेत परियोजनाका प्रमुख राम किशोर यादवले काठ तस्करी हुँदा समेत मौन बस्नुले तस्कर र कार्यालय प्रमुखको मिलेमतो रहेको आशंका गरिएको छ ।


परियोजनाले परियोजना परिसरमा थुपारेर राखिएको काठ लिलामी गर्न नसक्दा कर्माचारीहरुलाई तलब खुवाउन नसकेको बताई रहँदा काठ तस्करी हुँदा समेत मौन बस्नुले पनि कार्यालय प्रमुख यादव र काठ तस्करीहरुविच कुनै न कुनै रुपमा मिलेमतो रहेको सहजै शंका गर्न सकिने स्थानीयको भनाई छ ।

सम्बन्धित समाचार