दुर्गा कुमारी अधिकारी
सर्लाहीको लालबन्दीमका रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्ताराम कार्की प्रहरी नायब उपरीक्षक पदमा बुढुवा भएका छन् । ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक कार्की प्रहरी नायब उपरीक्षक पदमा बुढुवा भएका हुन ।
गृह मन्त्रालय प्रहरी कर्मचारी प्रशासन शाखा सिंहदरबारको पत्र अनुसार गृह मन्त्रालयको सचिवस्तरको चैत्र ८ गतेको निर्णय अनुसार प्रहरी निरिक्षक कार्की आजैबाट लागु हुने गरी प्रहरी नायब उपरीक्षक पदमा बुढुवा भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
उनका अनुसार प्रहरी निरिक्षक कार्की प्रहरी नियमावली २०७१(संशोधन सहित) को नियम १२९ को उपनियम २ बमोजिम प्रहरी नायब उपरीक्षक पदमा बुढुवा भएका हुन । उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवेदीले प्रहरी नायव उपरिक्षक(डिएसपी)को दर्जानी चिन्ह लगाई दिएका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कैलाश राईले जानकारी दिए ।
२०५१ सालबाट प्रहरी सेवामा प्रवेश गरेका कार्की २०८० मा अनिवार्य अवकाश हुदैछन् । उनि ईलाका प्रहरी कार्यालय लालबन्दीमा २०७९ बैशाख ७ गते कार्यालय प्रमुखको रुपमा आएका थिए । भद्र स्वाभावका प्रहरी निरक्षक कार्की लामो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका थिए ।