ईश्वरपुर १५ काे राजदेवी बाेर्डिङ स्कुलका शिक्षक हुसेन लागू औषध सहित पक्राउ

1.7k Shares

दुर्गा कुमारी अधिकारी

सर्लाहीको ईश्वरपुर नगरपालिका १५ स्थित  रहेकाे राजदेवी बाेर्डिङ स्कुलका शिक्षक  लागूऔषधसहित शिक्षक पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका १५ स्थित रहेकाे राजदेवी बोर्डिङ स्कुलका शिक्षक राजा हुसेन लागूऔषध नाइट्राभेट र फलामको फाइटरसहित विद्यालय हाताभित्रबाट पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार विद्यालयमा कार्यरत्त अर्का शिक्षकसँग विवाद सुरु भएपछि पुगेको प्रहरी टोलीले निजको साथबाट लागूऔषधको रुपमा रहेको नाइट्राभेट ट्याब्लेट १२ थान र पन्च हान्न बनाइएको फलामको फाइटर १ थान र कागजमा लुकाएर राखेको गाँजाको पुरिया १ थानसहित शिक्षक हुसेनलाई प्रहरीले नियन्त्रणमा लिइएको  हाे ।

पक्राउ परेका शिक्षक हुसेनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय केशरगंजमा राखिएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयाे।

सम्बन्धित समाचार