गणेश खड्का
सर्लाहीको हरिवनमा ६६ औँ सहकारी दिवस रक्तदान र मानव सेवाश्रममा खाद्यान्न सहयोग गरी मनाईएको छ ।६६ औँ सहकारी दिवसको अवसरमा सोमबार रक्तदान र मानव सेवाश्रममा खाद्यान्न सहयोग गरी मनाईएको हो । दिवसको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् ।
हरिवन नगर सहकारी संजालको समन्वयमा सगुन बचत तथा ऋण सहकारी संस्था लि.ले सहकारी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा ६१ जनाले रक्तदान गरेका सगुन बचत तथा ऋण सहकारी संस्था लि.का प्रवन्धक रवीन्द्र रानाले जानकारी दिए । उनका अनुसार रक्तदान कार्यक्रम अघि सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा(क)का निवर्तमान प्रदेश सभा सदस्य डिल्ली उप्रेती,हरिवन नगरपालिकाका नगर प्रमुख मेयर रमेश बुढाथोकी,उप प्रमुख हरिमाया घलान,विभिन्न वडाका वडा अध्यक्षहरुका साथै सहकारीकर्मीहरु लगायतको उपस्थितिमा हरिवन बजार क्षेत्रमा प्रभातफेरि गरिएको नेपाल रेड्क्रस सोसाईटी हरिवनका अध्यक्ष भरत कुमार कार्कीले जानकारी दिए ।
.jpg)
सगुनले हरिवन नगरपालिका १ स्थित कैलाशपुरीमा रहेको मानव सेवाश्रममा एक दिनका लागि पुग्ने खाद्यान्न सहयोग गरेको प्रवन्धक रानाले बताए । सहकारी दिवसकै अवसरमा जिल्लाभरका सहकारी संघ÷संस्थाहरुले विविधि सामाजिक काम गरेका छन् । यस वर्षको सहकारी दिवसको “सहकारीको दीगोपन स्वनियमन र सुशासन’’ भन्ने मुल नारा रहेको थियो ।