शंखर पहाडी(गौरब)
सर्लाहीको हरिवन नगरपालिका १० स्थित नयाँरोडबाट प्रहरीले अवैध लागु औषध र एउटा मोटरसाईकल सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
हरिवन नगरपालिका १० स्थित नयाँरोडमा प्रहरी चौकी ढुङ्ग्रेखोलाबाट खटिएको प्रहरीको चेकिङ् टोलीले शंका लागि चेकजाँच गर्दा अवैध लागु औषध र एउटा मोटरसाईकल सहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
हरिवन नगरपालिका १० स्थित नयाँरोडमा चेकजाँचको क्रममा शंका लागि बा.३१ प.२३४२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा हरिवन नगरपालिका १० का अन्दाजी वर्ष ३५ का सोम बहादुर थापा र सोही मोटरसाईकलमा पछाडी सवार हरिवन नगरपालिका १० कै अन्दाजी वर्ष १९ का रोजिस महर्जनलाई अवैध लागु औषध सहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कैलाश राईले जानकारी दिए ।
उनका अनुसार उनीहरुको साथबाट अवैध लागु औषध नाईट्राभेट १५ ट्याब्लेट र कोडिवेल १ बोत्तल बरामद् भएको हो ।बरामद भएको अवैध लागु औषध,मोटरसाईकल र उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।