दुर्गा कुमारी अधिकारी
प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवका साथै प्रेस सेन्टर मधेश प्रदेशका बरिष्ठ उपा अध्यक्ष र प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका पदाधिकारीहरु वीच पछिल्लो गतिविधिहरु र भावी योजनाहरुका विषयमा छलफल भएको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव राजु वि.कका साथै प्रेस सेन्टर मधेश प्रदेशका बरिष्ठ उपा अध्यक्ष दिपेन्द्र सिंह र प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष शंखर पहाडी(गौरब),उपा अध्यक्ष राजेश थापा र सचिव रितिक अधिकारी वीच प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीको पछिल्लो गतिविधिहरु र भावी योजनाहरुका विषयमा छलफल भएको हो ।
अनावश्यक रुपमा केही मानिसहरुले प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीको अधिवेशनबाट आएको समितिलाई विघटन गरी समानान्तर समितिको रुपमा जिल्लामा विशेष अधिवेशन गरेपछि देखिएको विवादलाई कसरी समाधान गर्न सकिन्छ ? विघटन गर्नु पर्ने अवस्था कसरी सृजना भयो ? र प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीको पछिल्लो गतिविधिहरु र भावी योजनाहरु केके छन् भनने विषयमा छलफल भएको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले जनाएको छ ।
२०७८ मंसिर ३ गते भएको पहिलो जिल्ला सम्मेलन एवम अधिवेशनबाट आएको शंखर पहाडी(गौरब)को नेतृत्वको समितिबाट २ जना पदाधिकारी र ८ जना सदस्यहरु मात्र गएर बनेको अर्काे समिति समानान्तर समिति रहेको साथै आफुहरुसंग तत्कालीन ७ सदस्य पदाधिकारीहरु मध्य १ जना सह सचिव पहिला देखि नै निस्क्रीय रहेका र बाँकी रहेका ६ जना पदाधिकारीहरुबाट २ जना र २४ जनाको जिल्ला समितिबाट ८ सदस्यहरु गरी १० जना मात्र मिलेर बनाइएको समिति विशुद्ध समानान्तर समिति रहेको साथै आफुहरुसंग अहिले पछि थपिएका सहित ३३ जनाको समिति रहेका कारण आफ्ना गतिविधिहरु निरन्तर गरि रहेको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका सचिव रितिक अधिकारीले छलफलमा जानकारी गराएका छन् ।
उनले जिल्लाका २० मध्य ७ स्थानीय तहमा स्थानीय तहगत समिति तयारी अवस्थामा रहेको,चैत्र ११ गते साधारण सभा गर्ने भनी चैत ४ गते जिल्ला समितिको बैठकले निर्णय गरि सकेको र सो केन्द्रीय समितिका साथै प्रदेश समितिलाई जानकारी गराएको साथै त्य अघि कुनै पनि जवाफ माग,स्पष्टकिरण तथा ध्यानाकर्षण नगराई प्रदेश समितिले निर्णय समेत नगरी अचानक समिति विघटन गर्नु आफैँमा दुःखद रहेको प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव वि.कका साथै प्रेस सेन्टर मधेश प्रदेशका बरिष्ठ उपा अध्यक्ष सिंहलाई जानकारी गराएका छन् ।
७७ वटै जिल्लाहरु मध्य सबै भन्दा कान्छो संगठनको रुपमा प्रेस सेन्टर नेपाल सर्लाहीको स्थापना भएको अवस्थामा केही मानिसहरुले आफ्नो स्वार्थ पुरा नहुँदा अधिवेशनबाट आएको समितिलाई विघटन गरेर विपक्षी संगठनहरुलाई प्रसय दिएको छलफलको क्रममा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष शंखर पहाडी(गौरब)ले जानकारी गराएका छन् ।
शंखर पहाडी(गौरब) नेतृत्वको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले चाँडै जिल्लाको वार्षिक साधारण सभा गर्ने तयारी गरेको पनि छलफलमा सहभागी प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव वि.कका साथै प्रेस सेन्टर मधेश प्रदेशका बरिष्ठ उपा अध्यक्ष सिंहलाई जानकारी गराएका उपा अध्यक्ष राजेश थापाले बताए ।उनका अनुसार प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष शंखर पहाडी(गौरब)ले समानान्तर समिति बनेपनि साथीहरुलाई भुलसुधार गरेर आउनु र एउटै समिति बनाएर जानु आग्रह समेत गरेका छन् । उनले समानान्तर समिति निर्माण भएर कुनै फरक नपरेको बताउँदै कमसेकम प्रेस सेन्टर नेपाल सर्लाही एउटै हुँदा ३३ जनाबाट ४८ जना हुने हुँदा यसलाई सकारात्मक रुपमा लिनु पर्ने बताए ।