सर्लाहीका २० वटै स्थानीय तहमा बेरुजु

1.7k Shares

शंखर पहाडी(गाैरब)

सर्लाहीका स्थानीय तहहरूको बेरूजु करिब रु सवा एक अर्ब रहेको छ । आर्थिक वर्ष २०७८÷०७९ को लेखापरीक्षण प्रतिवेदन अनुसार एक आर्थिक वर्षमा मात्र जिल्लाका स्थानीत तहहरुको बेरुजु रु १ अर्ब २८ करोड २८ लाख ५८ हजार रहेको छ । २० वटा स्थानीय तह रहेको जिल्लामा सबै भन्दा कम बेरुजु बिष्णु गाउँपालिकाको छ भने सबै भन्दा धेरै बेरुजु बरहथवा नगरपालिकाको रहेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । 
प्रतिवेदन अनुसार बिष्णु गाउँपालिकाको बेरूजु रु दुई करोड ४४ लाख छ हजार रहेको छ भने लालबन्दी नगरपालिकाको बेरूजु रु दुई करोड ७० लाख ८३ हजार रहेको छ । त्यस्तै गोडैता नगरपालिकाको बेरूजु रु १० करोड दुई लाख २३ हजार छ,हरिपुर नगरपालिकाको बेरूजु रु नौ करोड ४८ लाख नौ हजार रहेको छ । धनकौल गाउँपालिकाको रु चार करोड ७२ लाख ९७ हजार बेरूजु छ,भने ब्रहमपुरी गाउँपालिकाको जम्मा बेरूजु रु दुई करोड ६३ लाख २० हजार छ । 
त्यस्तै बलरा नगरपालिकाको बेरूजु रु छ करोड ७२ लाख ४८ हजार छ,भने ईश्वरपुर नगरपालिकाको बेरूजु रु चार करोड ५२ लाख ५४ हजार रहेको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख छ । बरहथवा नगरपालिकाको बेरूजु रु १५ करोड ६९ लाख १७ हजार छ । त्यस्तै कविलासी नगरपालिकाको बेरूजु रु छ करोड ७८ लाख ४७ हजार रहेको छ । बसवरिया गाउँपालिकाको बेरूजु रु सात करोड ६० लाख २० हजार छ । 
चन्द्रनगर गाउँपालिकाको बेरूजु रु पाँच करोड ७५ लाख ६९ हजार छ,रामनगर गाउँपालिकाको बेरूजु रु नौ करोड १४ लाख ६९ हजार छ । त्यस्तै हरिवन नगरपालिकाको जम्मा बेरूजु रु तीन करोड ८३ लाख ९६ हजार रहेको छ,भने चक्रघटा गाउँपालिकाको बेरूजु रु छ करोड २६ लाख ५६ हजार पुगेको छ । जिल्लाको सबै भन्दा पुरानो नगरपालिका मलंगवा नगरपालिकाको बेरूजु रु १२ करोड ६९ लाख ८७ हजार छ ।
त्यस्तै पर्सा गाउँपालिकाको बेरूजु रु नौ करोड २१ लाख ७३ हजार रहेको छ । हरिपुर्बा नगरपालिकाको बेरूजु रु चार करोड ८८ लाख ६६ हजार छ, भने बागमती नगरपालिकामा बेरूजु रु पाँच करोड ५४ लाख ६५ हजार छ । कौडेना गाउँपालिकाको बेरूजु रु पाँच ५ करोड ९३ लाख ७३ हजार पुगेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । जिल्लाका नौ गाउँपालिका र ११ नगरपालिका गरी २० वटौ स्थानीय तहको एक आर्थिक वर्षमा मात्र रु एक अर्ब २८ करोड २८ लाख र ५८ हजार बेरूजु देखिएको हो ।

सम्बन्धित समाचार