भारतिय स्कारपियाेकाे ठक्करबाट प्रहरी जवान साह गंभिर घाइते

1.6k Shares

गणेश खड्का
सर्लाहीको हरिपुर नगरपालिका ८ मा भारतिय नम्बरकाे स्कारपियाेकाे ठक्करबाट एक प्रहरी जवान गंभिर घाइते भएका छन् ।
नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत हरिपुर नगरपालिका ८ स्थित जगतपुरमा सवारीसाधन चेकजाँचकाे क्रममा नवलपुरबाट मलंगवा तर्फ जाँदै गरेकाे बिआर ०६ एफपी ०१९३ नम्बरकाे स्कारपियाेकाे  ठक्करबाट एक प्रहरी जवान गंभिर घाईते भएका हुन ।   भारतिय नम्बरकाे स्कारपियाेकाे ठक्करबाट गंभिर घाईते हुनेमा बाराकाे  प्रसौनी गाउँपालिका -५ घर भई मधेश प्रदेशकाे जनकपुर दरबन्दी भई हाल ट्राफिक प्रहरी पोष्ट हरिपुरमा कार्यरत अन्दाजी वर्ष २८ का प्रहरी जवान   शैलेन्द्र साह रहेका छन् ।
भारतिय नम्बरकाे स्कारपियाे ठक्करबाट प्रहरी जवान साहकाे दाहिने खुट्टा भाँचिएकाे लालबन्दी नगरपालिका १  नवलपुर स्थित  सर्लाही लाईफ लाईन  अस्पताल नवलपुर सामान्य उपचार पछि थप उपचारकाे लागि वीरगन्ज पठाईएकाे प्रहरीले जनाएको छ ।
ठक्कर दिने भारतिय नम्बरकाे स्कारपियाेकाे खाेजी कार्य सुरु भएको प्रहरीले जनाएको छ । नेपाल भारत खुल्ला सिमाना रहेका कारण भारतिय सवारीसाधनहरुकाे खुलेआम रुपमा प्रयाेग बढेकाे छ भने जसका कारण दुर्घटनाको जाेखिम समेत बढि रहेकाे छ ।
भन्सार कार्यालयबाट विना भन्सार नेपाल प्रवेश गर्ने र नेपालमा गैर कानुनी कार्य गरि भारत चर्फ नै भाग्ने भारतिय सवारीसाधनहरुका कारण  नेपालमा दुर्घटनाकाे जाेखिम मात्र नभई गैर कानुनी कार्य समेत बढ्ने गरेकाे स्थानीय जानकारहरु बताउछन् ।
तर सराेकारवाला निकाय जिल्ला भन्सार कार्यालय सर्लाही,जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही माैन बस्दा भारतिय नम्बरका सवारीसाधनहरुकाे प्रयाेग दिनप्रतिदिन बढ्दाे छ ।

सम्बन्धित समाचार