शंखर पहाडी(गौरब)
सर्लाहीको हरिवनमा मधेश प्रदेशमै पहिलो पटक डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शन सुरु भएको छ । हरिवन नगरपालिका ११ स्थित सुर्ती विकास मैदानमा आज(बैशाख १२ गते)बाट तीनदिन सम्म प्रदर्शनी चल्ने हरिवन नगरपालिकाले जनाएको छ ।
आजदेखि १४ गतेसम्म डेरी,कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी आज(बैशाख १२ गते)बाट सुरु भएको प्रदर्शनीका संयोजक एवम हरिवन नगरपालिका ४ का वडाध्यक्ष केशवराज थापाले जानकारी दिए । उनका अनुसार हरिवन नगरपालिका र प्रदेश दुग्ध विकास बोर्ड मधेश प्रदेशको संयुक्त आयोजनामा मधेश प्रदेश मै पहिलो पटक तीनदिन सम्म चल्ने प्रदर्शनी आज(बैशाख १२ गते)बाट सुरु भएको हो ।

कृषिमा यान्त्रिकरणको वृद्धि,दुग्धजन्य एवम कृषि उत्पादनमा नविनतम् प्रविधि भन्ने मूल नाराका साथ मधेश प्रदेशमै पहिलो पटक यस प्रकारको प्रदर्शनी आयोजना गरिएको हरिवन नगरपालिकाकी उप प्रमुख हरिमाया घलानले बताईन ।उनका अनुसार तीनदिन चल्ने प्रदर्शनीमा किसानहरुले निःशुल्क स्टल राख्न पाउने र प्रवेश पनि निःशुल्क गरिएको छ ।
पशुपालक किसानहरु र कृषि पेशामा आवद्ध किसानहरुले उत्पादन गरिरहेको वस्तु र त्यसलाई प्रविधिसँग जोडेर अझ उत्पादन बढाउने उद्देश्यसहित प्रदेशमै पहिलो पटक यस प्रकारको प्रदर्शनी आयोजना गरिएको प्रदेश दुग्ध विकास बोर्ड जनकपुरधामका प्रमुख उपेन्द्र कुमार सिंहले बताए । उनका अनुसार प्रदर्शनीमा पशुपालन र कृषि क्षेत्रका विज्ञलाई समेत ल्याएर किसानहरुसँग भेट गराउने र किसानहरुका समस्या समाधान गर्ने प्रदर्शनीको उद्देश्य हो ।

प्रदर्शनीमा माटो परीक्षण,गोबर परीक्षण,बाली उपचार,विभिन्न बैंक तथा वित्तीय संघ/संस्थाहरुसँग कृषि ऋण सम्वन्धी अन्तक्र्रियालगायतको कार्यक्रम रहने हरिवन नगरपालिकाले जनाएको छ । प्रदर्शनीको आज(बैशाख १२ गते)मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहले उद्घाटन गर्ने छन् ।