अभियुत्तलाई नियन्त्रणमा लिन नसकेपछि अभियुक्तका परिवारलाई दुःख दिँदै सर्लाही प्रहरी

1.8k Shares

शंखर पहाडी(गौरब)
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाको हरिवन नगरपालिका ९ मा फागुन २५ गते ११ वर्षिय नावालीका माथीको जबरजस्ती करणीका अभियुक्तलाई पक्राउ गर्न नसकेपछि काम देखाउन अभियुक्तका भाई र श्रीमतीलाई नियन्त्रणमा लिएको छ । 
फागुन २५ गते् हरिवन नगरपालिका ९ का स्थानीय अन्दाजी ५५ वर्षिय नारायण प्रसाल गौतमले सोही ठाउँकी अन्दाजी ११ वर्षिय नावालीकालाइृ जबर जस्ती करणी गरेको आरोपमा पीडित परिवारले फागुन २९ गते ईलाका प्रहरी कार्यालय हरिवनमा जाहेरी दिएका थिए । तर जाहेरी फागुन ३० गते दर्ता भएको थियो । घटना घटेको करिब ४५ दिन कटि सकेको भएपनि फरार भएका अभियुक्त गौतमलाई पक्राउ गर्न नसकेको सर्लाही प्रहरीले अभियुत्तकी श्रीमती र भाईलाई नियन्त्रणमा लिएको छ ।
हरिवन नगरपालिका ९ का अन्दाजी ११ वर्षिय नावालिकालाई स्थानीय अन्दाजी ५५ वर्षिय गौतमले फागुन २५ गते बिहीबार दिउँसो पानी खान गएको समयमा जबरजस्ती करणी गरेका भन्दै पीडित परिवारले फागुन २९ गते ईलाका प्रहरी कार्यालय हरिवनमा उजुरी हालेका फागुन ३० गते उजुरी दर्ता भएको भएपनि अभियुक्त फरार भएका कारण सो घटनामा मिलेमतो रहेको भन्दै अभियुक्तकी श्रीमती र भाईलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीको ठाडो आदेशमा नियन्त्रणमा लिएर मुद्धा चलाउन म्याद थप गरेको पाइएको स्थानीय सिताराम पोख्रेलले बताए ।
उनका अनुसार स्थानीय गौतमले अन्दाजी ११ वर्षिय नावालीकालाई जबरजस्ती करणी गरेका भन्दै पीडित बालिकाका परिवारजनले प्रहरीमा उजुरी दिएपछि फरार भएका अभियुक्तलाई सर्लाही प्रहरीले नियन्त्रणमा लिन नसकेपछि काम देखाउन अभियुक्तकी श्रीमती र छोरालाई नियन्त्रणमा लिएको छ । अभियुक्त गौतम करिब ४५ दिनदेखि फरार रहेका छन् भने प्रहरीले उनको खोजी कार्य जारी रहेको बताएपनि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवेदीको ठाडो आदेशमा ईलाका प्रहरी कार्यालय हरिवनले टोलीले अभियुत्तकी श्रीमती र भाईलाइृ काम छ भन्दै बोलाएर नियन्त्रणमा लिएर मुद्धा चलाउन म्याद थप गरेको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटना घटेको केही समयपछि अभियुक्तकी श्रीमती र छोरालाई केही दिन नियन्त्रणमा लिएको थियो । गैर कानुनी कार्य गर्ने एउटा अनि सजा पाउने उसको घरपरिवार यो कानुनी कार्य नभएको स्थानीय कमल विक्रम कार्कीले बताए । उनका अनुसार प्रहरीले यो विषयमा पहिला देखि नै गलत काम गर्दै आएको र अब निदोर्षहरुलाई फसाउने काम गरे त्यसको विरोधमा सबै गाउँले उल्टीने बताए ।
हरिवन नगरपालिका ९ का निवर्तमान वडा अध्यक्ष एवम नेकपा(एमाले) हरिवन नगर कमिटिका अध्यक्ष सिताराम पोख्रेलले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवेदीलाई भेटी ठुलो आर्थिक प्रलोभनामा पारेर अभियुक्तकी श्रीमती र भाईलाई नियन्त्रणमा लिन लगाएका एक स्थानीयले बताए ।
उनका अनुसार हरिवन नगरपालिका ९ का निवर्तमान वडा अध्यक्ष एवम नेकपा(एमाले) हरिवन नगर कमिटिका अध्यक्ष पोख्रेल र पीडित परिवारको तर्फबाट केही मानिसहरु जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवेदीलाई ठुलो आर्थिक प्रलोभनामा पारेपछि प्रहरी उपरिक्षक सुवेदीको ठाडो आदेशमा अभियुक्तकी श्रीमती र भाईलाई ईलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको हो ।
यता, सो विषयमा सोध्दा हरिवन नगरपालिका ९ का निवर्तमान वडा अध्यक्ष एवम नेकपा(एमाले) हरिवन नगर कमिटिका अध्यक्ष पोख्रेलले आफु सहित पीडित परिवार जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवेदीलाई भेटेको स्वीकार गरे । तर उनले आर्थिक प्रलोभनमा भने पार्ने काम कोही कसैबाट नभएको बताए । उनले जबरजस्ती करणी जस्तो जघन्य अपराधमा जो आर्थिक प्रलोभनामा पार्न आउँछ उ सजाएको भागेदार बन्ने बताए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सर्लाहीका सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवेदीले अभियुक्तकी श्रीमती र भाईले पीडित परिवारलाई अनावश्यक दुःख दिने गरेका गुनासो आएपछि दुवै पक्षविच बसेर छलफल गर्ने वातावरण बनाउन उनीहरुलाई ईलाका प्रहरी कार्यालय हरिवनमा बोलाउन लगाएको बताए । अभियूक्तका भाईले पीडित बालिका विद्यालय जाँदा बाटो छेक्ने लगायतका काम गरेका भन्दै पीडित परिवार आएपछि वास्तविकता के हो भनी बुझ्न बोलाएको र मुद्धा दर्ता तथा सजायको भागेर उनीहरु नहुने बताए । उनले अभियुक्त एउटा हुँदा हुँदै उनको परिवार तथा आफन्तलाई प्रहरीले अनावश्यक दुःख दिने काम नगर्ने पनि बताए । उनले अभियुक्त गौतमलाई नियन्त्रणमा लिन विशेष ब्युरोबाट समेत प्रहरी पचिालन भई रहेको समेत बताए ।

सम्बन्धित समाचार