पुर्व पश्चीम राजमार्ग अन्र्तगत मधेश प्रदेशका जिल्लाहरुमा रहेका ट्राफिक प्रहरीहरुका युनिटहरुको असुलीका कारण आफुहरु मारमा परेको यातायात व्यावसायीहरुको गुनासो छ । मधेश प्रदेशको पुर्वमा सप्तरी देखि पश्चीममा बाराको अम्लेखगन्ज सम्म पुर्व पश्चीम राजमार्गमा रहेका ट्राफिक प्रहरी युनिटहरुले कमिसन असुल्दा आफुहरु मारमा परेको यातायात व्यावसायीहरुको गुनासो छ ।
त्यसमा पनि सर्लाही र रौतहटको सिमानामा रहेको ट्राफिक प्रहरी पोष्ट बागमती रौतहटले २४ सैँ घण्टा चेकजाँचको बाहनामा चर्काे कमिसन उठाउने गरेको एक यातायात व्यावसायीले गुनासो गरे । उनले भने थोरै भएपनि कमिसन नदिए अनावश्यक बाहना बाजी गरेर ट्राफिक प्रहरी पोष्ट बागमती रौतहटका असई दुर्गा बहादुर कार्कीले जरिवाना गर्छन् । जसरी पनि कमिसन दिनुपर्छ । उनले भने ।
असई कार्कीले जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख प्रहरी निरिक्षक विमला कुमारी कठ्यातलाई मासिक रु २५ देखि ३० हजार बुजाउने गरेका र त्यसका लागि यातायात व्यावसायीहरुका साथै सिपाही हबल्दारहरुको गोजी समेत चेक गरेर अलिअलि उनीहरुले उठाएको रकम समेत निकाल्ने समेत गरेका पाइएको छ ।
असई कार्कीले दैनिक करिब ५ हजार कमिसन उठाउने गरेका एक प्रहरी अधिकारीले बताए । उनका अनुसार इनिस्पेक्टरलाई मासिक रु २५ देखि ३० हजार बुजाउने गरेका कारण त्यहाँ असई कार्की लामो समयदेखि रहेका छन् । उनले सिपाही हबल्दारहरुका गोपी समेत छामेर र यातायात व्यावसायीहरुबाट गरि करिब दैनिक रु ५ हजार कमिसन संकलन गर्ने र त्यहाँ आउने अरु असई भन्दा बढी कमिसन प्रहरी निरिक्षक कठ्यातलाई दिने गरेका कारण अरु असइृहरु आउन नसक्ने बताएपछि उनी लामो समयदेखि ट्राफिक प्रहरी पोष्ट बागमती रौतहट मै रहेका छन् ।
उनले पशु चौपाय ओसार पसार गर्ने सवारीसाधनहरु,मालवाहक सवारी साधनहरु र यात्रु बाहक सवारी साधनहरुबाट कमिसन असुल्ने गरेका छन् । निजी प्रयोगका लागि खरिद गरिएका यात्रु बाहक सवारी साधनहरु भाडामा प्रयोग हुँदा,सिट क्षमता भन्दा बढी मानिस ओसार पसार गर्दा,भाडामा एक रुपता नहुँदा,भाडा लिष्ट नहुँदा,सवारि चालक अनुमति पत्र नहुँदा,भन्सार नगरिएका, सवारीदर्ता किताब(ब्लु बुक) नहुँदम,तिब्रगतिमा सवारी साधन चलाउँदा,माद्यक पदार्थ तथा लागु पदार्थ सेवन गरेर सवारी साधनहरु चलाउँदा,एक प्रयोजनका लागि खरिद गरिएको सवारीसाधन अर्काे प्रयोजनका लागि प्रयोग हुँदा र सवारीसाधनको स्वारुप परिवर्तन गरी सवारी साधन चलाउँदा समेत ध्यान नपुर्याउने ट्राफिक प्रहरी कमिसनमा भने मस्त देखिएका छन् ।
यस विषयमा पटक पटक नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यावस्थापन कार्यालय पथलैया,बारा बधेश प्रदेशलाई पटक पटक जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको यातायात व्यावसायीहरुको गुनासो छ ।
असई कार्कीले रौतहट सर्लाहीको सिमाना बागमतीमा पुर्व पश्चीम राजमार्गमा गडनवार र कोन राखेर सवारी साधन चेकजाँचको बाहनामा कमिसन असुल्ने गरेका पाइएको छ । नजिकै सर्लाहीमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट कर्मैया बागमतीले पनि पुर्व पश्चीम राजमार्गमा गडनवार,ड्रम र कोन राखेर सवारी साधनहरुको चेकजाँच गर्ने गरेको छ भने यस अघि अस्थायी ट्राफिक प्रहरी पोष्ट हरिपुरमा हुँदा खुलमखुल्ला ट्रकसंगबाट रु एस सय कमिसन लिएका असई ननु प्रसाद यादव राम्रो कमाई हुने दाउँमा अस्थायी ट्राफिक प्रहरी पोष्ट कर्मैया बागमती गएका प्रहरी स्रोतको भनाई छ ।
त्यस्तै अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलजोरमा रहेका असई हिरालाल पुरीले पनि इश्वरपुर र चन्द्नगर क्षेत्रबाट निस्कने माछाका गाडीहरुका साथै पशु चौपाय र भुस बोकेका गाडीहरुबाट कमिसन असुल्ने र जरिवाना नकाट्ने गरेका रहस्य बाहिरिएको छ ।