2.3k
Shares
शंखर पहाडी(गाैरब)
सर्लाहीको लालबन्दी नगरपालिका ९ बस्तीपुरमा गाडीको ठक्करबाट एक महिलाको ज्यान गएकाे छ । आईतबार बिहान झिसमिसेमै अज्ञात गाडीको ठक्करबाट मागी खाँदै हिँड्ने तराई मुलको जस्तो देखिने अन्दाजी ५० वर्षीया महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका ९, बस्तीपुरमा भएको दुर्घटनामा महिलाको ज्यान गएकाे र दुर्घटना गराएर भाग्ने सवारीसाधनकाे खाेजतलास जारी रहेकाे छ ।
महिलालाई ठक्कर दिने सवारीको खाेजतलास भई रहेकाे र शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको प्रहरीले जनाएको छ ।