शंखर पहाडी(गाैरब)
डिभिजन वन कार्यालय सर्लाहीले जिल्लाका सामुदायिक वनहरुकाे स्थलगत अनुगमन गरेकाे छ । जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समुहहरुकाे वस्तुगत अवस्था लगायतका विषयमा स्थलगत अनुगमन गरिएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख डिभिजन वन अधिकृत मन्जुर अहमद्ले जानकारी दिए ।

उनका अनुसार जिल्लाका १३ वटा सामुदायिक वन उपभोक्ता समुहहरुका काठकाे घाटगद्दी,काठकाे अवस्था,सामुदायिक वन उपभोक्ता समुहकाका अध्यक्ष तथा पदाधिकारीहरुसंग छलफल,सामुदायिक वन उपभोक्ता समुहकाे वस्तुगत अवस्था,उपभोक्ताहरुलाई काठ वितरणकाे अवस्था,सामुदायिक वन उपभोक्ता समुहले प्यान लिए नलिएकाे लगायतका विषयमा अनुगमनकाे क्रममा जानकारी लिनदिने काम गरिएको छ ।

जिल्लाका सामुदायिक वन उपभोक्ता समुहहरुका वनहरुमा काठ तस्करीकाे अवस्था सुधार गर्न,सामुदायिक वन उपभोक्ता समुहहरुकाे वार्षिक कार्ययाेजना,साधारण सभा,लेखा परिक्षण तथा प्यान लिए नलिएकाे लगायतका विषयमा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष एवम पदाधिकारीहरुसंग अनुगमनकाे क्रममा छलफल समेत भएको सव डिभिजन वन कार्यालय घारीका कार्यालय प्रमुख सव डिभिजन वन अधिकृत सत्यदेव यादवले बताए ।

जिल्लामा ८४ वटा सामुदायिक वनहरु,तीनवटा साझेदारी वन, तीन वटा धार्मिक वन र १९ वटा कवुलियती वन रहेका छन् । जिल्लामा रहेका ८४ वटा सामुदायिकहरु मध्य १५ वटा सामुदायिक वनहरुकाे नविकरण,वार्षिक कार्ययाेजना,लेखा परिक्षण र साधारण सभा तथा प्यान लिने काम सिकिएकाे डिभिजन वन अधिकृत मन्जुरले बताए ।

श्री ५ दिपेन्द्र सामुदायिक वन उपभोक्ता समुह लालबन्दी नगरपालिका १६,नवसृष्टि सामुदायिक वन उपभोक्ता समुह लालबन्दी नगरपालिका १६,जनप्रेमी सामुदायिक वन उपभोक्ता समुह लालबन्दी नगरपालिका १६,धनेश्वरी सामुदायिक वन उपभोक्ता समुह लालबन्दी नगरपालिका १६,काभ्रे मिरमिरे सामुदायिक वन उपभोक्ता समुह लालबन्दी नगरपालिका १६,घुम्ती देउराली सामुदायिक वन उपभोक्ता समुह लालबन्दी नगरपालिका १५,

तिनतले देउराली सामुदायिक वन उपभोक्ता समुह लालबन्दी नगरपालिका १५,पारिजात सामुदायिक वन उपभोक्ता समुह लालबन्दी नगरपालिका १५,जयबुद्द सामुदायिक वन उपभोक्ता समुह लालबन्दी नगरपालिका १५,शिर फुलजाेर सामुदायिक वन उपभोक्ता समुह ईश्वरपुर नगरपालिका १२ ,सरस्वती सामुदायिक वन उपभोक्ता समुह ईश्वरपुर नगरपालिका १२,मनकामना सामुदायिक वन उपभोक्ता समुह लालबन्दी नगरपालिका १७,रानी सामुदायिक वन उपभोक्ता समुह लालबन्दी नगरपालिका १७ काे गरि १३ वटा सामुदायिक वन समुहकाे स्थलगत अनुगमन गरिएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।
