लालबन्दी २ मा आगलागीबाट दुइृ घर जल्यो,करिब १३ लाखको क्षेती

1.5k Shares

गणेश खड्का
्सर्लाहीको लालबन्दी नगरपालिका २ गौरी गाउँमा भएको आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । लालबन्दी नगरपालिका २ गौरी गाउँका सुभकरण साह र सरोज बैठाको गरी दुई घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
लालबन्दी नगरपालिका २ गौरी गाउँका साहको बाँस,काठ र जस्ताले बनाएको घर जल्दा नगद रु पाँच लाख र गरहगना सहित अन्नपात तथा लक्ता कपडा जल्दा रु पाँच लाख गरि रु १० लाख र बैठाको बाँस,काठ र जस्ताले बनाएको घर जल्दा अन्नपात तथा लक्ता कपडा गरी रु तीन लाख बराबरको क्षेत्री भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमिक्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक कैलाश राईले जानकारी दिए ।
उनका अनुसार मंगलबार दिउँसो करिब ४ बजे भएको आगलागीबाट मानविय क्षेती भएको छैन् ।स्थानीय,नेपाल प्रहरी,शसस्त्र प्रहरी र हरिवन नगरपालिकाको वारुणयन्त्र(दमकल)को सहयोगमा आगलागी नियन्त्रणमा आएको हो ।
 

सम्बन्धित समाचार