पर्साका विभिन्न नाकाबाट ठूलो तस्करीको लाइन कुख्यात तस्कर एवम व्यापारी मुख्तारले पाएका छन् ।प्रहरी प्रशासनलाई मिलाएर तस्करी गर्न माहिर भारतीय कुख्यात तस्कर एवम व्यापारी मुख्तारले नेपाल प्रहरी,शसत्र प्रहरी बल लगायत निकायलाई समेत मिलाई अहिले तस्करी कार्यलाई निरन्तरता दिइ रहेका छन् । सुरक्षाकर्मीहरुका साथै सरोकारवाला निकाय ठुलो रकम कमिसन खाएपछि मौन देखिएका छन् ।समान मुख्तारको हो भन्ने बित्तिकै नामै काफी छ,कसैले माल रोक्न सक्दैन् ।माथिल्लो तहकै प्रहरी अधिकृतहरुले ठूलो रकम कमिसन खाएपछि तल्लो तहका प्रहरी कर्मचारीलाई मुख्तारको माल स्कटिड्ड गर्नु पर्ने पर्साको अवस्था छ ।
तस्कर मुख्तारले बीरगन्ज भन्सारको मेनगेट,इनर्वा गाउ लगायतको नाकाबाट तस्करीको लाइन लिएर तस्करी गराइरहेका पाइएको छ ।दशैंको पूर्णिमाको अघिल्लो दिनबाट मुख्तारको लागी तस्करी लाइन पुनःसञ्चालनमा ल्याउन प्रहरीले ग्रीन सिग्नल दिएको श्रोतले जनाएको छ । भारतीय बजारबाट नेपालमा चोरबाटोबाट खासगरी कपडा ल्याउने काम गर्दै आएका मुख्तारले यस पटक भने कपडासंगै काजु र मोटर पार्टस तस्करी गर्न समेत लाईन पाएका श्रोतको दावी छ ।
त्यति मात्र नभई नेपालबाट भारतमा मद्यिरा र विभिन्न किसिमका कस्मेटकि सामाग्रीहरु लैजाने गरेका समेत रहस्य बाहिरिको छ । भारतको विहारमा मद्यिरा प्रतिबन्धित रहेपनि मुख्तारले रातीको समयमा नेपालबाट भारततर्फ मद्यिरा पठाउने र भारतबाट कपडा,काजु र मोटर पार्टस समेत नेपाल ल्याउने गरेका छन् ।वीरगन्ज भन्सार कार्यालयको पछाडी र ईनर्वा गाउ क्षेत्रबाट रातीको समयमा सकेजति कपडा,काजु र मोटर पार्टस ढुवानी गरेर नेपाल भित्रियाउन सक्ने गरी प्रहरीले मुख्तारलाई लाईन दिएको पाइएको छ ।मुख्तारले सीमावर्ती क्षेत्रमा रहेका नेपाल एवम सुरक्षाकर्मीहरुसंगै दुवै सुरक्षा निकायका प्रदेश प्रहरी प्रमुखसम्मलाई घुमुवा मार्फत रकम बांडेको तस्कर श्रोत नै बताउँछ ।
दैनिक करोडौं मूल्य बराबरको राजश्व छलि गरेर मुख्तारले इनर्वा गाउको नाकाबाट भरियाहरू मार्फत सुटिङ सर्टिङका कपडा,बनारसी साडी,महागो डिजाईनिड्ड साडी,काजुका साथै मोटर पार्टसहरु भारतबाट नेपाल ल्याउने र बिहारमा प्रतिबन्धित मद्यिरा नेपालबाट भारततर्फ पठाउने गरेका छन् ।सीमावर्ती क्षेत्रबाट हुने अवैध गतिविधि नियन्त्रण गर्न,राजश्व चुहावट नियन्त्रण गर्न एवम शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन राज्यले परिचालन गरेको जिम्मेवार निकायबाटै मुख्तार जस्ता भारतीय एवम नेपाली तस्करहरूलाई संरक्षण भए पछि राजश्व असुलीमा गिरावट मात्र आएको छैन अर्थतन्त्र नै दिन प्रति दिन धराशायी हुंदै गएको स्थानीय जानकारहरु बताउँछन् भने सरोकारवाला निकाय राजश्व अनुसन्धान कार्यालय र भन्सार कार्यालयका कर्माचारीहरु ठूलो रकम कमिसन बुझेर मौन बसेका छन् ।
राजश्व छली नेपाल भित्रयाईको माल समानसंग आफुहरुलाई प्रतिपष्पर्धा गर्न सक्ने अवस्था नरहेको कारण व्यापार चौपट भएको नेपाली व्यापारीहरु बताउँछन् ।प्रहरी प्रशासनले हदैसम्म तल झरेर अबैध कारोवार गर्न छुट दिए बापत मासिक नजराना बुझी रहेका छन् ।सिमा सुरक्षाका जिम्मेवारी लिएका सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सिमा क्षेत्र देखि प्रदेश सम्मका पदाधिकारीहरुले ग्रीन सिग्नल दिए पछि अहिले तस्करहरुले दैनिक करिब २० करोड बराबरको कपडा,काजु,मोटर पार्टस,छोहडा,मरिचर चिनी लगायतका सामानहरु सहजै पोखरा,काठमाण्डौं र दोलखा सम्म पु¥याउने गरेका पाइएको छ ।