तवसुनको मृत्यु प्रकरणका अभियुक्त हमजाले झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिएको फेला

1.5k Shares

सर्लाहीको हरिवन नगरपालिका ११ स्थित बालगंगाबाट गाडिएको शव नियन्त्रणमा लिएर अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा राखेका एक अभियुक्त माथी नागरिकता बनाउँदाका बखत झुट्टा विवरण पेश गरेको प्रमाण फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।प्रहरीका अनुसार हरिवन नगरपालिका ११ को बालगंगाको मुस्लिम बस्ती स्थित कब्रस्थानमा शव गाडिएकी युवतीको शंकाष्पद मृत्यु प्रकरणका अभियुक्त शेख मिर हमजा(शेख चाँद)ले नेपाली नागरिकता बनाउँदा झुट्टा विवरण पेश गरेको प्रमाण फेला परेको हो ।
हरिवन नगरपालिका ११ निवासी शेख ईर्सादकी छोरी अन्दाजी १७ वर्षीया तवसुन खातुनको मृत्यु शंकाष्पद रहेको आशंकामा कब्रस्थानमा गाडिएको शव ईलाका प्रहरी कार्यालय हरिवनको टोलीले गत मंसिर ३ गते निकालेर प्रादेशिक अस्पताल मलंगवामा पोष्टमार्टम गराएको थियो ।प्रहरी अनुसन्धानका क्रममा अभियुक्त बनेका हमजाले नेपाली नागरिकता प्रमाण पत्र बनाउँदा झुट्टा विवरण दिएको देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपेनद्र पञ्जियार थारुले जानकारी दिए ।
उनका अनुसार हमजाले लिएको नेपाली नागरिकता प्रमाण पत्रमा मामालाई बुबा बनाएको देखिएको हो।आमा सकिना खातुनको पहिलो श्रीमान भारतीय नागरिक अब्दुल कादिरका छोरा हमजाले सर्लाहीको कौडेना गाउँपालिका स्थित साविकको सक्रौल निवासी शेख जिलानीलाई बुबा बनाएर नागरिकता लिएको देखिएको प्रहरीले जनाएको छ ।हाल ईलाका प्रहरी कार्यालय हरिवनको हिरासतमै रहेकी तवसुन मृत्यु प्रकरणकी अभियुक्त हमजाकी आमा सकिनाले नागरिकता प्रमाण पत्रमा बुबाको महलमा नाम लेखिएका जिलानी आफ्नै दाजु भएको बताएपछि हमजाले लिएको नेपाली नागरिकता प्रमाण पत्र लिँदाका बखत झुट्टा विवरण पेश गरेको रहस्य बाहिरिएको हो ।
प्रहरीका अनुसार आफ्नै बुबा अब्दुल कादिर र अहिलेका झड्केला बुबा शेख ईर्साद भारतीय नागरिक रहेकाले मामा जिलानीलाई बुबा तथा सकिनालाई आमा बनाएर २०७३ साल वैशाख २२ गते हमजाले जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाहीबाट नेपाली नागरिकता प्रमाण पत्र लिएका पाइएको हो ।२०७३ सालमा नागरिकता बनाउन त्यतिखेर सक्रौलका गाविस सचिब रहेका रामगुलाम राय यादवले हमजाको २०५५ साल वैशाख १० गते जन्म भएको भन्दै प्रतिलिपी जन्मदर्ता दिने र नागरिकता प्रमाण पत्रका लागि सिफारिस गरेको देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ भने झुट्टा विवरण पेश गरि नेपाली नागरिकता लिएका हमजा फरार रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक पञ्जियार थारुले बताए ।
हमजाका नक्कली बुबा बनेका जिलानीलाई भने नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।जिलानीलाई गत आईतबार जिल्ला अदालत सर्लाहीबाट ५ दिन म्याद लिएर अनुसन्धान अगाडी बढाएको प्रहरीले आज(विहिबार) पुनः ५ दिन म्याद लिएको छ ।अभियुक्तहरु विरुद्ध झुट्टा विवरण पेश गरी नेपाली नागरिकता प्रमाण पत्र लिएको आरोपमा मुद्धा प्रकृया अगाडी बढाएको प्रहरीले जनाएको छ।
सकिनाले तवसुनका बुबा इर्सादसँग विबाह गर्दा पहिलाकै श्रीमानतर्फ जन्मिएका हमजालाई समेत लिएर आएकी थिईन् ।ईसाद र सकिनाले २०६५ सालमा बिबाह गरेका बुझिएको छ ।मृतक तवसुन भने ईर्सादकी जेठी श्रीमति तर्फकी छोरी हुन् । प्रहरीका अनुसार एक्कासी पेट दुखेर मृत्यु भएको भन्दै गत कात्तिक २६ गते तवसुनको शव परिवार र स्थानीय मिलेर कब्रस्थानमा खाडल खनेर गाडेका थिए  तर तवसुनको मृत्यु नभई हत्या हुनसक्ने भन्दै सुराकी आएपछि उनको शव मंसिर ३ गते ईलाका प्रहरी कार्यालय हरिवनको प्रहरीले कब्रस्थानको खाडलबाट निकालेर पोष्टमार्टम गराएको थियो ।प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा तवसुनको शव पोष्टमार्टमसँगै प्रहरीले भिसेरा परीक्षणका लागि मुटु,फोक्सो र कलेजोको टुक्रा समेत विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको जनाएको छ भने अब चाँडै तवसुनको मृत्यु हो की कर्तव्य ज्यान हो भन्ने खुल्ने प्रहरीले जनाएको छ ।
तवसुन मृत्यु प्रकरणमा उनका बुबा ईर्साद,सौतेनी आमा सकिना,झड्केला दाजु हमजा र हमजाकी श्रीमति जिन्नत खातुनलाई अभियुक्त बनाएर ईलाका प्रहरी कार्यालय हरिवनले अनुसन्धान गरिहेको छ ।जसमा मृतक तवसुनकी सौतेनी आमा सकिना बाहेकका अभियुक्तहरु मृतकका बुवा ईर्साद र दाई हमजा फरार रहेका छन् भने हमजालाई झुट्टा विवरण पेश गरि नेपाली नागरिकता प्रमाण पत्र दिने तत्कालीन सक्रौल गाविसका सचिव यादव हाल ईश्वरपुर नगरपालिका १५ का वडा सचिव रहेका छन् ।

सम्बन्धित समाचार